आगोले जलेर ४ जनाको मृत्यु
वैशाख २७,अर्घाखाँची । अर्घाखाँचीजिल्लाको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे खोलाको जंगलमा लागेको आगो गाउँमा पसेर घरमा आगलागी हुँदा आगो निभाउने क्रममा घाइते भएका ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । मृत्यु हुनेमा ५५ वर्षीय पदम बेल्वासे, ७२ वर्षीय […]