डिजिटल पत्रिका
शुक्रबार, जेष्ठ ४, २०८१

आगोले जलेर ४ जनाको मृत्यु

आगोले जलेर ४ जनाको मृत्यु

वैशाख २७,अर्घाखाँची ।

अर्घाखाँचीजिल्लाको  भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे खोलाको जंगलमा लागेको आगो गाउँमा पसेर घरमा आगलागी हुँदा आगो निभाउने क्रममा घाइते भएका ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

मृत्यु हुनेमा ५५ वर्षीय पदम बेल्वासे, ७२ वर्षीय पीताम्बर बेल्वासे, ३६ वर्षीय माधव बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासे रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रमुख मुकुन्द रिजालले जानकारी दिनुभयो । घाइते मध्ये  २६ वर्षीया अस्मिता बेल्वासेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अस्मिताको पनि अवस्था खतरा अवस्थामा रहेको जनाइएको छ । जङ्गलमा लागेको आगो बस्ती पस्ने क्रममा पदम बेल्वासेको घरमा सल्केको थियो।

पाल्पामा  उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा गए राति १० बजेतिर पदम र पीताम्बरको मृत्यु भएको प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

क्षतिको विवरण संकलन गर्ने कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका