डिजिटल पत्रिका
बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • उद्योगी-व्यवसायीले भोलि माइतीघरमा विरोध प्रदर्शन गर्ने

उद्योगी-व्यवसायीले भोलि माइतीघरमा विरोध प्रदर्शन गर्ने

उद्योगी-व्यवसायीले भोलि माइतीघरमा विरोध प्रदर्शन गर्ने

काठमाण्डौ । बैंकको बढ्दो ब्याजदरलगायतको विरुद्धमा उद्योगी-व्यासायीले भोलि शुक्रबार काठमाण्डौमा प्रदर्शन गर्ने भएका छन्।

उद्योगी-व्यासायीहरुले भोलि बिहान ११ बजेदेखि १२ बजेसम्म माइतीघर मण्डलामा शान्तिपूर्ण मौन विरोध गर्न भएका हुन्। आफ्ना माग कतैबाट पनि सुनुुवाइ नभएपछि आफूहरु सडकमा उत्रिन बाध्य भएको नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौका अध्यक्ष दिनेश श्रेष्ठले बताए। ‘अब सडकबाट गरिएको माग पनि सम्बोधन नभएर हामी चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछौँ’, उनले भने।

संघको आयोजनामा हुन लागेको विरोध कार्यक्रममा सबै जिल्ला नगर उद्योग वाणिज्य संघहरु तथा वस्तुगत सघंहरुको संयुक्त उपस्थिति रहनेछ।

देशभरका ब्यासायी अहिले बैंकको बढ्दो ब्याजदर, प्रिमियमलगायतको आन्दोलन गरिरहेका छन्।

केही दिनअघि गर्भनर महाप्रसाद अधिकारीले निजी क्षेत्रका सदस्यहरुलाई बोलाएर राष्ट्र बैंकले माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएका थिए। ‘तर, अहिलेसम्म पनि केही कदम नचाली राष्ट्र बैंक मौन बसेका कारण पनि विरोध गर्न लागिएको हो’, श्रेष्ठले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका