डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गोकर्ण कार्की बिजयी

पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गोकर्ण कार्की बिजयी

पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गोकर्ण कार्की बिजयी

भदौ ३० पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । संघको ३५ औँ महाधिवेशनमा भएको निर्वाचनको आइतबार सम्पन्न मतगणना मार्फत पोखरेललाई ४ सय ८८ मतान्तरले पराजित गर्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन् ।
कार्कीले १ हजार ३ सय ३९ मत प्राप्त गर्दा अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले ८ सय ५१ मत प्राप्त गरे । २७ मत बदर भएको थियो । प्यानलनै खडा गरेर चुनावमा होमिएका पोखरेल ३४ औँ महाधिवेशनमा समेत अध्यक्षमा पराजित भएका थिए । कार्की भने ३४ औँ महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए ।
उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका सुदीप प्रधानाङ्ग विजयी भएका छन् । १ हजार १ सय ७७ मतका साथ उनी विजयी हुँदा निकटतम प्रतिष्पर्धी पोखरेल समुहबाट उम्मेदवारी दिएका बालकृष्ण कोइरालाले १ हजार ४७ मत प्राप्त गरे ।
कुल १० जना कार्यसमिति सदस्यको लागि भएको निर्वाचनमा ललितबहादुर कुँवर १ हजार ५ सय ३९, देवेन्द्र प्रजु १ हजार ५ सय १६, सौगात थापा १ हजार ४ सय ९४, दूधमान गुरुङ १ हजार ४ सय ६८ र भीम गौतम १ हजार ४ सय ३९, टिकाराम सुवेदी १ हजार ३ सय ९४, जीवनप्रकाश श्रेष्ठ १ हजार ३ सय ८३, रामचन्द्र तिमिल्सिना १हजार ३ सय ७५, प्रदीप राजभण्डारी १ हजार ३ सय ७० र यादवप्रसाद पोखरेल १ हजार ३ सय मत ल्याएर बिजयी भएका छन् ।
संघको १० सदस्यीय कार्यसमितिका लागि १४ जनाबीच प्रतिष्पर्धा भएको थियो । खुल्ला सदस्यमा उम्मेदवारी दिएका बिनोद केसीले १ हजार २ सय ९६, लेखनाथ सुवेदीले १ हजार २ सय ८६, प्रेमप्रसाद सुवेदीले १ हजार २ सय ८५, विष्णुप्रसाद तिमिल्सिनाले १ हजार २ सय ३० मत प्राप्त गरे । पराजित हुने प्रेम र लेखनाथ पोखरेल प्यानलका उम्मेदवार हुन् ।
सङ्घको वस्तुगततर्फ सूर्य घिमिरे (मदिरा) २२ मत, दुर्गा बराल (कस्मेटिक) २१ मत, पृथ्वीराज तिमिल्सिना २० मत र नवीन नापित (कपडा) १४ मतका साथ बिजयी भए । दीपेन्द्र कोइरालाले पनि १४ मत पाएपनि गोला प्रथाबाट नापित बिजयी हुन सफल बनेका हुन् ।यसअघि, वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोज श्रेष्ठ निर्विरोध भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका