डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • कास्कीकोटमा निशुल्क स्वास्थ शिविर सम्पन्न

कास्कीकोटमा निशुल्क स्वास्थ शिविर सम्पन्न

कास्कीकोटमा निशुल्क स्वास्थ शिविर सम्पन्न

पोखरा।

हाम्रो कास्कीकोट युवा सञ्जाल पोखरा-२४ कास्किकोटद्वारा  बसन्त आधारभूत विद्यालयमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । शिविरमा दन्त परीक्षण सेवा, प्रसुती तथा स्त्रीरोग, बाल रोग, डायबिटिज , हाडजोर्नी समस्या, छाला तथा यौनरोग लगायतको परीक्षण गरिएको सञ्जालका संयोजक शालिकराम शितल गिरीले जानाकारी दिनुभयो।

ग्रामिण क्षेत्रमा रहेर आफ्नो प्रजनन स्वास्थ्य सम्बन्धि उपर्युक्त परामर्श लिन नसकेका १६५ जना महिलाले प्रभावकारी ढंगवाट आफ्नो पाठेघर परीक्षण तथा विभिन्न स्वास्थ्य परामर्श लिएका थिए । उपस्थित सम्पूर्णको रक्तचापको परीक्षण गरिनुका साथै ४५५ जनाको सुगर परिक्षण गरिएको थियो ।

शिविरमा काठमाण्डौं, पोखरा तथा देशका विभिन्न ठाउँमा क्रियाशील तथा अनुभवी चिकित्सकहरु एवम् कास्कीकोट मेडिकल सपोर्ट टिमको प्रत्यक्ष संलग्नता सेवा प्रदान गरिएको थियो ।वडाको स्वास्थ्य चौकीका कर्मचारी र महिला स्वास्थ्य स्वयम् सेवीको समूहले पनि शिविरमा प्रत्यक्ष खटिएर सहयोग गरेको थियो । विरामीलाई निःशुल्क औषधी पनि वितरण गरिएको स्वास्थ्य शिविरमा बाँकी रहेको औषधी वडाको स्वास्थ्य चौकीलाई हस्तान्त्रण गरिएको थियो ।

उक्त निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमका  प्रमुख अतिथि गण्डकि प्रदेश सभा सदस्य प्रकास बरालले विभिन्न समयमा सञ्जालले आयोजना गर्ने रचनात्मक कार्यक्रमवाट आफु प्रभावित भएको बताउनु भयो।

वडा अध्यक्ष भरतवहादुर अधिकारीले आफ्नो विशेष अतिथिय मन्तव्य राख्दै कास्कीकोटको हितका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने युवा सञ्जालले वडाका वासिन्दाको स्वास्थ्यलाई ध्यानमा राखी शिविर राखेकोमा खुसी ब्यक्त गर्नुभयो ।

शिविरका लागि महत्त्वपूर्ण योगदान पु¥याउने डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मीहरु एवं सहयोगदातालाई प्रमाणपत्र एवं मायाको चिनो प्रदान गरिएको र शिविरमा जम्मा ६५० जना सेवाग्राही लाभान्वित भएका सञ्जालका संयोजक शालिकराम शितल गिरीले बताउनु भयो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका