डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • दुर्गा बराल ‘वात्स्यायन’ लाई पोखरेलीले गरे रथारोहणसहित सम्मान

दुर्गा बराल ‘वात्स्यायन’ लाई पोखरेलीले गरे रथारोहणसहित सम्मान

दुर्गा बराल ‘वात्स्यायन’ लाई पोखरेलीले गरे रथारोहणसहित सम्मान

चैत्र ४,पोखरा।
कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’ ८० वर्ष पूरा भएको अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारको नेतृत्वमा तीन दर्जन वाङ्ममय तथा सामाजिक संघसंस्थाले पोखरामा रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ।

नदीपुरस्थित बरालको घरबाट सुरू भएको रथयात्रा बगर, बागबजार हुँदै विन्ध्यवासिनी मन्दिरमा पुगेर अभिनन्दन समारोहमा परिणत भएको थियो । बाजागाजासहितको रथयात्रालाई स्थानीयले घरघर अघि फूल र घडाले स्वागत गरेका थिए । समारोहमा पोखरा महानगरसहित विभिन्न संघसंस्थाले सम्मानपत्रले सम्मान गरेको थियो ।

अभिनन्दन समारोहमा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, साहित्यकार सरूभक्त लगायत थुप्रै साहित्यकार, कलाकार र चित्रकारहरुको सहभागीता रहेको थियो ।  पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बरालसँगको पहिलो भेटको स्मरण गर्दै ‘वात्स्यायन’ को सहर पोखरा हो भन्न पाउनु सम्पुर्ण पोखरेलीको गर्वको विषय भएको बताउनुभयो ।

वि.सं.१९९९ चैत ४ गते कास्कीको साविक आर्बा हाल पोखरा १३ मा जन्मिनुभएका कलाकार बरालले नेपाली चित्रकारितालाई यथार्थवादी धारमा डो¥याउन उल्लेखनीय योगदान दिनुभएको छ । बरालले ‘वात्स्यायन’ का नाममार्फत् व्यङ्ग्यचित्रका माध्यमबाट नेपाली  समाज र राजनीतिका विकृति, विसङ्गति र बेथिति केलाउँदै व्यङ्ग्यचित्रकारितामा सर्वोच्च शिखरका रूपमा आफूलाई उभ्याउनुभएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका