डिजिटल पत्रिका
बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • पाँच वर्षभित्र २० लाख युवालाई रोजगारी दिने माओवादीको प्रतिबद्धता

पाँच वर्षभित्र २० लाख युवालाई रोजगारी दिने माओवादीको प्रतिबद्धता

पाँच वर्षभित्र २० लाख युवालाई रोजगारी दिने माओवादीको प्रतिबद्धता

काठमाडौं । नेकपा माओवादी केन्द्रले पाँच वर्षभित्र २० लाख युवालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ । आगामी निर्वाचनका लागि सोमबार सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा रोजगारी र उद्यमशीलता विकासमा महिलालाई प्राथमिकता दिइने उल्लेख छ ।

घोषणापत्रमा भनिएको छ, ‘आगामी पाँच वर्षभित्र २० लाख युवालाई छोटो माध्यमबाट रोजगार र स्वरोजगार बनाउने गरी राष्ट्रिय रोजगार प्राधिकरणले स्थानीय तहमा रहेको जनसंख्याको आधारमा ५०० देखि १००० जनासम्म युवालाई अभिमुखीकरण तालिम, बीउ पूँजी, सहुलियतपूर्ण कर्जा र प्राविधिक सहयोग उपलब्ध गराउनेछ । यसका साथै प्राधिकरणले श्रम क्षेत्रका सम्पूर्ण समस्याहरूको प्याकेजमा सम्बोधन गर्नेछ ।’

वैदेशिक रोजगारीमा रहेका युवाहरूलाई नेपाल फर्केपछि रोजगारी–स्वरोजगारी सुनिश्चित गर्न राष्ट्रिय रोजगार प्राधिकरणले अनलाइनमार्फत परामर्श दिई उद्यम(व्यवसायको परियोजना प्रस्ताव तयार गर्न सहयोग गर्ने प्रतिबद्धतापत्रमा जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका