डिजिटल पत्रिका
शुक्रबार, माघ २५, २०८१
  • होमपेज
  • ट्रम्प सरकारले अगाडी सार्याे स्थगित राजीनामा याेजना

ट्रम्प सरकारले अगाडी सार्याे स्थगित राजीनामा याेजना

ट्रम्प सरकारले अगाडी सार्याे स्थगित राजीनामा याेजना

सरकारी खर्च कम गर्न अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले आठ महिनाको तलब पाउनेगरी कर्मचारीलाई राजीनामा दिने अवसर प्रदान गरेको छ। राष्ट्रपति  ट्रम्पको सरकारले फेडरल कर्मचारीलाई सेप्टेम्बरसम्मको तलब दिँदै राजीनामा दिने अवसर प्रदान गरेको छ। यसलाई ‘स्थगित राजीनामा’ भनिएको छ। यदी कुनै पनि कर्मचारी अहिले नै राजीनामा दिन सहमत हुन्छन् भने उनको तलब सेप्टेम्बरसम्म आइरहन्छ।

यस याेजना अनुसार ५ प्रतिशतदेखि १० प्रतिशत सरकारी कर्मचारीले राजीनामा दिन सक्छन्, जसले करिब १०० अर्ब डलर बचत हुने अनुमान गरिएको छ। सेना, अमेरिकी पोष्टल सेवा, आप्रवासन नियन्त्रण र राष्ट्रिय सुरक्षासँग सम्बन्धित पदहरू बाहेक सबै पूर्णकालीन क्षेत्रका कर्मचारी यस अफरका लागि योग्य छन्।

ह्वाइट हाउसकी प्रेस सचिव करोलिन लेविटले भनिन्, “अमेरिकी करदाताले फेडरल कर्मचारीको तलब तिर्छन्, त्यसैले काममा उपस्थित हुने कर्मचारीहरू चाहिन्छ, जो अमेरिकालाई पुनः महान बनाउन कार्यालयमा काम गर्छन्। यदि तिनीहरूले कार्यालयमा काम गर्न चाहँदैनन् भने, उनीहरूलाई ८ महिनाको उदार भुक्तानी दिएर अर्को काम रोज्न स्वतन्त्र छोडिन्छ।”

यो योजना मंगलबारदेखि सुरु भएर फेब्रुअरी ६ सम्म खुला हुने जनाइएको छ। यसका लागि कर्मचारीहरूलाई राजीनामा इमेलमार्फत दिन सक्ने व्यवस्था मिलाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका