डिजिटल पत्रिका
बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • उम्मेदवार तथा राजनीतिक दलहरूले चुनाव प्रचार प्रसार गर्न आजदेखि पाउने

उम्मेदवार तथा राजनीतिक दलहरूले चुनाव प्रचार प्रसार गर्न आजदेखि पाउने

उम्मेदवार तथा राजनीतिक दलहरूले चुनाव प्रचार प्रसार गर्न आजदेखि पाउने

काठमाडौं 

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार तथा राजनीतिक दलहरूले आज (बिहीबार)देखि खुला प्रचार गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले यस पटकदेखि मतदानको १७ दिन अघिदेखि मात्रै चुनाव प्रचार प्रसार गर्न पाउने आचार संहिता लागू गरेकाले आजदेखि मात्र दल तथा उम्मेदवारहरुले प्रचार प्रसारका लागि जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका हुन् ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ । उक्त ब्यवस्था अनुसार कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म प्रचारप्रसार गर्न पाउने बाटो खुलेको हो ।

खुला प्रचारको समय सुरु भएपछि दलका शीर्ष नेताहरूको चुनावी दौडाहा पनि सुरु भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका