डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • जापानका प्रधानमन्त्री किशिदाले पार्टी (एलडीपी) को नेताका रुपमा पुनः निर्वाचनमा भाग नलिने

जापानका प्रधानमन्त्री किशिदाले पार्टी (एलडीपी) को नेताका रुपमा पुनः निर्वाचनमा भाग नलिने

जापानका प्रधानमन्त्री किशिदाले पार्टी (एलडीपी) को नेताका रुपमा पुनः निर्वाचनमा भाग नलिने

जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को नेताका रुपमा पुनः निर्वाचनमा भाग नलिने निर्णय गरेका छन् ।

योसँगै जापानले अब नयाँ प्रधानमन्त्री पाउने निर्णय भएको छ ।

फुमियो किशिदाले निर्णयको बारेमा भने, ‘पार्टीको प्रतिनिधित्वमा नयाँ मानिस चाहिन्छ।’ ६७ वर्षीय किशिदाले सेप्टेम्बरमा पार्टीको नयाँ नेता चयन गरेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने अपेक्षा गरिएको छ ।

किशिदाको समर्थन जापानमा पनि घट्दै गएको छ । यसको पछाडि उनको पार्टी भ्रष्टाचार र घोटालाको आरोपमा फसेको बताइएको छ । यसबाहेक किशिदा सरकार बढ्दो मुद्रास्फीति, येन (जापानी मुद्रा) घट्ने जस्ता समस्यासँग पनि जुधिरहेको छ ।

किशिदाको पार्टीमा पनि उनको नेतृत्वमा आमनिर्वाचन जित्ने हो कि होइन भन्ने शंका छ । निर्वाचन विश्लेषकहरूले जापान अहिले पुस्ता परिवर्तनबाट गुज्रिरहेको र सत्तामा रहेको पार्टीले आफ्नो छवि सफा गर्न संघर्ष गरिरहेको बताएका छन्। बीबीसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका