डिजिटल पत्रिका
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप असोज ५ गतेसम्म लगाउन पाईने

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप असोज ५ गतेसम्म लगाउन पाईने

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप असोज ५ गतेसम्म लगाउन पाईने

काठमांडौ ।
पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरीलाई लगाइने  ‘एचपीभी’ खोप अब असोज ५ गतेसम्म लगाउन पाईने भएको छ ।

खोप अभियानको समयावधि थप गरिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए ।सार्वजनिक विदा धेरै परेकोले लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको हो ।

गएको भदौ २९ गते बाल दिवस, भदौ ३० गते शनिवार र आइतवार असोज १ गते हरितालिका तीज लगातार बिदा परेकाले विद्यालय बन्दले गर्दा किशोरी खोप लगाउन न्यून सङ्ख्यामा आएको उनको भनाइ छ ।

सरकारले पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ नौ हजार नौ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखेको छ । गएको भदौ २७ गते सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भइ १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपीभी खोप ‘डेमोस्ट्रेसन’का रूपमा सञ्चालन गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका