डिजिटल पत्रिका
शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • मतपत्र छपाइ सकियो, मधेस र वाग्मतीमा ढुवानी बाँकी : निर्वाचन आयोग

मतपत्र छपाइ सकियो, मधेस र वाग्मतीमा ढुवानी बाँकी : निर्वाचन आयोग

मतपत्र छपाइ सकियो, मधेस र वाग्मतीमा ढुवानी बाँकी : निर्वाचन आयोग

काठमाडौँ — निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सकिएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार मतपत्र छपाइ सकिएको र मधेस तथा वाग्मती प्रदेशमा मात्र ढुवानी बाँकी रहेको जानकारी दिएका हुन् ।

उनले समानुपातिकतर्फको मतपत्र यसअघि नै ढुवानी सकिइसकेको बताए । निर्वाचन सामग्री पनि मतदानस्थलमा पुर्‍याइसकिएको छ ।

यसपटक पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताका लागि करिब ८ करोड मतपत्र छपाइएको छ ।

कात्तिक २५ गतेसम्ममा प्रत्येक निर्वाचन अधिकृतको कार्यलयमा मतपत्र पुर्‍याइसक्ने आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका