डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • पाँच कम्पनीका शेयरमूल्य समायोजन, आज कतिमा खुल्दैछ कारोबार

पाँच कम्पनीका शेयरमूल्य समायोजन, आज कतिमा खुल्दैछ कारोबार

पाँच कम्पनीका शेयरमूल्य समायोजन, आज कतिमा खुल्दैछ कारोबार

पोखरा ।

मंगलबार ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिभिल बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, पोखरा फाइनान्स, आइसिएफसि फाइनान्स र सिवाईसी नेपाल लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मुल्य निर्धारण गरेको हो।

नेप्सेले सिभिल बैंकको ५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरी प्रतिकित्ता २३८ रुपैयाँ १० पैसा कायम गरेको छ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २.४० प्रतिशत बोनश शेयरमा शेयरमुल्य समायोजन गरी प्रतिकित्ता ३२९ रुपैयाँ १० पैसा कायम गरेका छ।

त्यस्तै, पोखरा फाइनान्स लिमिटेडको ४ प्रतिशत बोनश शेयरमा मुल्य समायोजन गरी प्रतिकित्ता ३७३ रुपैयाँ ८ पैसा मुल्य निर्धारण गरेको छ।

आइसिएफसि फाइनान्स लिमिटेडको ५ प्रतिशत बोनश शेयरमा मुल्य समायोजन गरी प्रतिकित्ता ४४५ रुपैयाँ ७१ पैसा कायम गरेको छ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत बोनश शेयरमा मूल्य समायोजन गरी नेप्सेले प्रतिकित्ता १९२९ रुपैयाँ २३ पैसा कायम गरेको छ।

मंगलबार यी पाँचै वटा कम्पनीको समायोजित मुल्यलाई आधार मानेर नेप्सेमा शेयर कारोबार खुल्ने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका