डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • मेस्सी आबद्ध इन्टर मियामी लिग्स कपको अन्तिम १६ बाटै आउट

मेस्सी आबद्ध इन्टर मियामी लिग्स कपको अन्तिम १६ बाटै आउट

मेस्सी आबद्ध इन्टर मियामी लिग्स कपको अन्तिम १६ बाटै आउट
Photo: MLS

काठमाडौं, साउन ३०

लियोनल मेस्सीको टिम अमेरिकी क्लब इन्टर मियामी लिग्स कप फुटबलको अन्तिम १६ बाटै आउट भएको छ । आज बुधबार बिहान भएको अन्तिम १६ को खेलमा इन्टर मियामी कोलम्बस क्रिउसँग ३–२ ले पराजित हुँदै प्रतियोगिताबाट आउट भएको हो । गत सिजन उपाधि जितेको मियामी यसपटिक अन्तिम १६ भन्दा अघि बढ्न सकेन । यो मियामीका लागि खराब नतिजा हो । टिमका कप्तान लियोनल मेस्सी चोटका कारण मैदान बाहिर भएका बेला टिम लिग्स कपको अन्तिम १६ मै पराजित भयो । मियामीलाई मेस्सीको अभाव स्पष्ट रूपमा खड्कियो । मियामीले २ गोलको अग्रता बचाउन नसक्दा स्तब्ध बन्यो ।

खेलको ६२औं मिनेटमा पुग्दा मियामीले खेल ०–२ बनाएको थियो । तर त्यसपछि कोलम्बसले लगातार ३ गोल गरेर खेलको कहानी बदल्यो । इन्टर मियामीका लागि खेलको १०औं मिनेटमा माटियास रोजासले गोल गरेर अग्रता दिलाएका थिए । ६२औं मिनेटमा डिएगो गोमेजले गोल गरेर अग्रता दोब्बर बनाएका थिए । तर यसपछि मियामीले पोस्ट बचाउन सकेन । कोलम्बसका लागि ६७औं मिनेटमा क्रिस्टिएन रामिरेजले पहिलो गोल गर्दा ६९औं मिनेटमा डिएगो रोसीले गोल गरेर खेल बराबरी बनाए । फेरि रोसी आफैंले ८०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि कोलम्बसले मियामीलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गर्न सफल भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका