डिजिटल पत्रिका
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतको परमादेश

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतको परमादेश

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतको परमादेश
२२ भदौ,काठमाडौं ।
सर्वोच्च अदालतको परमादेशपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै मुख्यमन्त्रीको शपथ लिने तयारी गरेका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार कोशी प्रदेश प्रमुखको कार्यालयले उनलाई मुख्यमन्त्री नियुक्तिको तयारी थालेको छ । आज शुक्रबार नै साँझसम्म शपथग्रहण गर्ने तयारी भएको हो ।
बिहीबार सर्वोच्च अदालतले कोशी प्रदेश सभाको सबैभन्दा ठुलो दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । कार्कीले यसअघि पाँच महिना कोशी प्रदेश सरकारको नेतृत्व गरिसकेका छन् । राजनीतिक सहयात्री दल नेकपा माओवादी केन्द्र र जसपाले साथ छोडेपछि अल्पमतमा परेको कार्की नेतृत्व्को सरकारले गत असार १५ मा प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका