डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • पिपुल्स हाइड्रोपावरले कात्तिक २५ बाट आईपीओ बिक्री खुला गर्ने

पिपुल्स हाइड्रोपावरले कात्तिक २५ बाट आईपीओ बिक्री खुला गर्ने

पिपुल्स हाइड्रोपावरले कात्तिक २५ बाट आईपीओ बिक्री खुला गर्ने

काठमाण्डौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले यही कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५६ लाख ६ हजार ३९० कित्ता आईपीओ निष्कासन गर्नेछ। यसमा आयोजन प्रभावित स्थानीयका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्तामा समावेश गरिएको छ।

कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने २ लाख ८० हजार ३२० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी ५१ लाख ५७ हजार ८८० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो सेयर’बाट खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओको निष्कासन बन्द छिटोमा कात्तिक २९ गते र ढिलोमा मंसिर ९ गते बैंकिङ समयपछि हुनेछ।

पिपुल्स हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका