डिजिटल पत्रिका
बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • पोखरा महानगरपालिका वडा नं.१३ ले विपन्नको निशुल्क स्वास्थ बिमा गर्दै

पोखरा महानगरपालिका वडा नं.१३ ले विपन्नको निशुल्क स्वास्थ बिमा गर्दै

पोखरा महानगरपालिका वडा नं.१३ ले विपन्नको निशुल्क स्वास्थ बिमा गर्दै

असोज ३,पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर १३ ले वडाभित्रका विपन्न परिवारलाई निशुल्क स्वास्थ बिमा गरिदिने उद्देश्यका साथ निवेदन माग गरेको वडाध्यक्ष किरण बरालले बताए । उनका अनुसार वडाभित्रले अति विपन्न तथा असहाय वडावासीलाई निशुल्क स्वाथ्य बिमा प्रोत्साहन कार्यक्रम गर्न लागेको छ ।

‘मैले वडाध्यक्षको उम्मेदवारी दिँदै गर्दा वडाभित्रका अति विपन्न मजदूर तथा असहाय वडावासीलाई निशुल्क स्वास्थ्य बिमा गर्छु भनेर प्रतिज्ञा गरेको थिएँ, सोही वाचा अनुसार अहिले वडाभित्र बिमा गर्न निवेदन माग गरिएको हो,’ वडाध्यक्ष बरालले भने । उनले महानगरभित्र आफ्नो वडाले नै निशुल्क स्वास्थ्य बिमा गर्न लागेको पहिलो भएको दाबी गरे ।

निशुल्क स्वास्थ्य बिमाको सेवा सुविधा लिन आफू विपन्न भएको प्रमाण पेस गर्नुपर्ने छ । यसका लागि निवेदन बुझाउने अन्तिम मिति असोज २० गते तोकिएको छ । निवेदनका साथमा परिवार सदस्यको विवरण, नेपाली नागरिकता, टोल विकास संस्थाको सिफारिस पत्र तथा माइन्युटको फोटो, वडाभित्रका बसोबास गरेको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने छ।

जुन दिन पोखरा १३ को वडाध्यक्षको जिम्मेवारी सम्हालेँ । बिपीको विचार अनुसार कुदिरहेको छु । बिपी सधैं भन्नुहुन्थ्यो तिमीले गर्ने प्रत्येक निर्णयअघि तिम्रो जमिनको माटो मुठ्ठीमा लिनु र माटोले बोलेको सुन्नु ।  त्यसका लागि आवश्यक ढाँचा अनुसार वडामा निवेदन दिनुहुन सम्पूर्ण नागरिकहरुलाई मेरो आग्रह छ । जनप्रतिनिधि भनेको सेवक हो त्यसैले जनताका आवाज सुन्नुपर्छ भन्ने बिपी विचारमा म अडिग छु ! मैले त्यही गरिरहेको छु ’ वडाध्यक्ष बरालले भने ।

May be an image of text that says 'पोखरा महानगरपालिका वडा नं. १३ द्वारा आयोजित iiiii 昌 水 अति विपन्न मजदुर तथा असहाय वडावासीलाई :शुल्क स्वास्थय विमा प्रोत्साहन कार्यक्रम निवेदन बुभाउने अन्तिम मिति २०१० असोज २० गते सम्म (वडा कार्यालयमा) आवश्यक कागजपत्र 9. नेपाली नागरिकताको प्रमाण पत्र टोल विकास संस्थाको सिफारिस पत्र तथा माईनुट बुकको प्रतिलिपि वडा नं. १३ को स्थायी बासिन्दा हनुपर्ने बर्सासराई गरेको हकमा बसाईसराईको प्रतिलिपि। परिवार सदस्यहरुको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि नाबालकको हकमा जन्मदर्ताको प्रतिलिपि'

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका