नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ।
यो खेलमा कर्णालीले टस जितेर पहिले फिल्डिङ रोजेको छ।
यस खेलमा दुइ टिमकाे तर्फबाट दुइ दिग्गज खेलाडीहरु पाकिस्तानी तीव्र गतिका बलर सोहेल तन्विर र कर्णाली याक्समा भारतीय ओपनिङ ब्याटर शिखर धवन छन्। यसकारण आजकाे खेलमा कतिपयले शिखर र साेहेलकाे प्रितिस्पर्धाकाे रुपमा पनि हेरेका छन् । यसमा पनि विहान नौ बजे हुने खेललाई नेपाल क्रिकेट संघका सचिव तथा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले भारत भर्सेस पाकिस्तानबीचको खेलको झल्को आउने बताएका छन्।
पारसले भारत र पाकिस्तानबीचको खेल नेपालमा गराउने धरैअघि देखि कुरा हुँदै आएकोमा आजको खेल त्यसको सुरुवात भएको बताए।
दुई खेलाडीबीचको प्रतिस्पर्धालाई एक अर्थमा भारत भर्सेस पाकिस्तानको खेलको रुपमा लिइएको छ।
३९ वर्षीय तन्विरले चितवनका लागि दुई खेलमा आठ विकेट लिइसकेका छन्। उनले काठमाडौं गुर्खाजविरूद्ध पाँच विकेट र पोखरा एभेन्जर्सविरूद्ध तीन विकेट लिएका थिए।
पाकिस्तानी क्रिकेट टोलीका पूर्व खेलाडी तन्विरले सन् २००८ को पहिलो संस्करणको आइपिएलमा राजस्थान रोयल्सका लागि उपाधि जित्दै सबैभन्दा बढी विकेट लिने बलर बनेका थिए।
उनले पाकिस्तानी टोलीबाट सन् २००९ को टी-२० विश्वकप समेत जितेका थिए।
यता कर्णालीका शिखरले दुई खेलमा ८६ रन जोडेका छन्। तन्विर जस्तै उनको पनि बायाँ हात चल्छ।
धवनले काठमाडौंविरूद्धको अघिल्लो खेलमा नटआउट ७२ रन जोड्दा जनकपुरविरूद्धको पहिलो खेलमा १४ रन जोडेका थिए।
उनी पनि भारतको राष्ट्रिय टोलीबाट लामो समय खेलेका ब्याटर हुन्। धवन र सोहेलको उमेर पनि एउटै छ। धवन हिजो मात्र ३९ वर्ष पूरा भएका थिए।