डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • पर्यटकीय सहर पोखरामा हिमालयन ग्लोरी इन होटल तथा थ्री सिक्स्टी स्काई लाउन्ज सञ्चालनमा

पर्यटकीय सहर पोखरामा हिमालयन ग्लोरी इन होटल तथा थ्री सिक्स्टी स्काई लाउन्ज सञ्चालनमा

पर्यटकीय सहर पोखरामा हिमालयन ग्लोरी इन होटल तथा थ्री सिक्स्टी स्काई लाउन्ज सञ्चालनमा

पोखरा ।

डेढ दशकदेखि पोखराको पर्यटन क्षेत्रमा क्रियाशील पोखराकै प्रतिष्ठित ‘चिल्ली ग्रुप’ले  पोखराको लेकसाइडस्थित हल्लनचोकमा करिब १२ करोड लगानीमा हिमालयन ग्लोरी इन प्रा. लि.होटल तथा थ्री सिक्स्टी स्काई लाउन्ज रेस्टुरेन्ट संचालनमा ल्याएको छ ।

एउटै छानामुनि विभिन्न सुबिधा रहेको हिमालयन ग्लोरीको माथिल्लो तीन तलामा बनाइएको होटलमा वातानुकुलित बल्कोनी सहित १५ कोठाहरु रहेका छन् । माथिल्लो दुई तलामा बनेको रेष्टुरेष्ट ‘स्काई गार्डेन’को अवधारणा अनुरुप बनाइएको प्रालिका निर्देशक भिष्मराज पौडेलले बताए ।

१६५ सिट क्षमता रहेको रेस्टुरेन्टमा ग्राहकको सहजताका लागि आधुनिक लिफ्ट समेत जडान गरिएको छ। हिमालयन ग्लोरी इन प्रा. लि.होटल तथा थ्री सिक्स्टी स्काई लाउन्ज रेस्टुरेन्ट  बाट फेवाताल, सराङकोट, शान्ति स्तुपा, पुम्दिकोट लगायत लेकसाइड वरपरको दृश्यावलोकन गर्न सकिन्छ ।  रेस्टुरेन्टमा नेपालीपन झल्कने गरि मझेरी, भट्टी, दृश्यहल, भन्ज्याङ, पलेटी, कौशी, पालि, पानी फोहोरा, खुल्ला आकाश लगायत फरक फरक कक्षहरुको निर्माण गरिएको छ । चाइनिज, कन्टिनेण्टल, थाई, इन्डियन,नेपाली खाना तथा बजारमा उपलब्ध सबै किसिमका पेय पदार्थ कक्टेल, मक्टेलका परिकारहरु रेष्टुरेण्टमा पाइने पौडेलले बताए ।

झण्डै ४० जना अटने हल समेत रहेकाले सभा सेमिनारका लागि पनि यो स्थान उपयुक्त भएको प्रालिका अर्का निर्देशक विश्वराज पौडेलले पत्रकार माझ जानकारी दिए । सन २०१८ को अगस्ट देखि निर्माण सुरु हिमालयन ग्लोरी इन प्रा. लि. को सुरुवाती लागत करीब रु १० करोड अनुमान गरेको भएपनि निर्माणकार्य पुरा नहुँदै कोरोना संक्रमणका कारण निर्माण अवधि लम्बिदा लगानी बढेर १२ करोड पुगेको पौडेलले जनाए ।

हरेक हप्ताको ३ दिन ‘सोलो आर्टिष्ट’को सांगेतीक प्रस्तुती रहने रेष्टुरेण्ट परिषरमा हरियाली र बगैचा निर्माण गरिएको छ । होटलका कोठाको सजावटमा रहेका अधिकांश सामग्रीहरु ढाकाको कपडा, थान्का, नेपाली पेन्टीङ लगायतका नेपाली उत्पादनलाइ प्राथमिकता दिई प्रयोग गरिएको छ । रेष्टुरेण्टमा स्वदेश तथा विदेशमा काम गरी अनुभव हासिल गरेका दक्ष कर्मचारीहरु रहेका प्रालीका कर्पोरेट म्यानेजर लेखनाथ पहारीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका