डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • तेस्रो स्थानको लागि शनिबार राति क्रोएसिया र मोरक्कोले प्रतिस्पर्धा गर्दै

तेस्रो स्थानको लागि शनिबार राति क्रोएसिया र मोरक्कोले प्रतिस्पर्धा गर्दै

तेस्रो स्थानको लागि शनिबार राति क्रोएसिया र मोरक्कोले प्रतिस्पर्धा गर्दै

फिफा विश्वकप कतार २०२२ को तेस्रो स्थानको लागि शनिबार राति क्रोएसिया र मोरक्कोले प्रतिस्पर्धा गर्दैछ । यो खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ८.४५ बजेपछि हुनेछ ।

साविकको उपविजेता क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले तथा मोरक्को साविक विजेता फ्रान्ससँग २–० ले पराजित हुँदै फाइनल पुग्नबाट चुकेको थियो ।

अघिल्लो पटकको उपविजेता क्रोएसिया यसपाली तेस्रो बन्दै घर फर्कन चहान्छ । तर, त्यसको लागि क्रोएसियाले यस विश्वकपमा सनसनीपुर्ण प्रदर्शन गर्दै इतिहास बनाइसकेको अफ्रिकी राष्ट्र मोरक्कोको चुनौती पन्छाउनुपर्ने हुन्छ ।

यि दुई टोलीले यसै विश्वकपको समूह चरणमा प्रतिस्पर्धा गर्दा खेल गोलरहित बराबरीमा सकिएको थियो । क्रोएसियाले ६५ प्रतिशतभन्दा बढी बल पोसेसन राखेपनि मोरक्कोको बलियो रक्षापङ्तिलाई तोड्न सकेको थिएन । यसपटक क्रोएसिया त्यो चुनौती तोड्दै तेस्रो हुन चहान्छ ।

सम्भवत अन्तिम विश्वकप खेलिरहेको लुका मोड्रिच आफ्नो टोलीलाई तेस्रो बनाएर विश्वकपबाट बिदा लिन चहान्छ । क्रोएसिया सन् १९९८ को विश्वकपमा पनि तेस्रो भएको थियो । त्यसबेला क्रोएसियाले नेदरल्यान्ड्सलाई २–१ ले हराएको थियो । यसपटक मोरक्कोलाई हराएर त्यही नतिजा कायम गर्न चहान्छ ।

यता, मोरक्को पनि क्रोएसियालाई हराएर विश्वकपमा ऐतिहासिक तेस्रो पदक लिएर घर फर्कन चहान्छ । मोरक्को तेस्रो नभएपनि इतिहास बनाइसकेको यो टोलीलाई ऐतिहासिक स्वागत हुने पक्का छ ।

सनसनीपूर्ण प्रदर्शन गरेको मोरक्कोले समूह चरणको खेलमा क्यानडाविरुद्ध आफ्नै गल्तीले खाएको आत्मघाती गोलबाहेक सेमिफाइनलमा २ गोल खान पुग्यो । मोरक्कोले अफ्रिकाबाट सेमिफाइनल खेल्ने पहिलो टोलीको इतिहास बनाइसकेको छ । शनिबार क्रोएसियालाई हराउन सके मोरक्को विश्वकपमा तेस्रो हुने पहिलो अफ्रिकी राष्ट्र बन्नेछ । यसअघि अफ्रिकी टोली क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थियो ।

यसअघि क्यामरुन (१९९०), सेनेगल (२००२) र घाना (२०१०) ले क्वाटरफाइनलसम्मको यात्रा मात्र तय गर्न सकेका थिए । मोरक्को त्यो भन्दा एक खुड्किलो माथि पुगेको हो । तेस्रो भए थप अर्का खुड्किलो माथि जानेछ । मोरक्को सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप फुटबलमा अन्तिम १६ सम्म पुगेको थियो ।

त्यसयता, मोरक्को विश्वकपको नकआउट चरणमा पुग्न सकेको थिएन । सन् १९९४, १९९८ र २०१८ को विश्वकपमा मोरक्को समूह चरणबाटै बाहिरिएको थियो । तर, यसपटक मोरक्कोले बेल्जियम, क्यानडा, स्पेन र पोर्चुगलको चुनौती पन्छाउँदै सेमिफाइनलको यात्रा तय गरेर इतिहास रच्न सफल भइसकेको छ ।

यि दुवै टोलीको सेमिफाइनलमा आएर नै अपराजित यात्रामा पूर्णविराम लागेको थियो । क्रोएसिया ४ जनु २०२२ मा अष्ट्रियासँग नेसन्स लिगमा ३–० पराजित भएयता ११ खेलसम्म अपराजित रहेको थियो । ६ जित र ५ बराबरीको नतिजा छ ।

यता, फ्रान्ससँग २–० को हारसँगै मोरक्कोको पनि अपराजित यात्रा ११औं खेलमा टुंगिएको छ । २ जुन २०२२ मा अमेरिकासँग ३–० ले पराजित भएयता मोरक्को अपराजित रहेको थियो । जसमा ७ जित र ३ बराबरीको नतिजा थियो ।

यि दुई टोली हालसम्म दुईपटक भिडेका छन् । दुवै खेल बराबरीमा सकिएको छ । सन् १९९६ मा भएको हसन दोस्रो ट्रफी सेमिफाइनलमा क्रोएसियाले टाइब्रेकरमा जित निकालेको थियो । पछिल्लो भेट यसै विश्वकपको समूह चरणमा थियो । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो ।एजेन्सी –

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका