डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • निर्मला पन्तलाई न्याय दिन पहल गर्छु : उपप्रधान तथा गृहमन्त्री लामिछाने

निर्मला पन्तलाई न्याय दिन पहल गर्छु : उपप्रधान तथा गृहमन्त्री लामिछाने

निर्मला पन्तलाई न्याय दिन पहल गर्छु : उपप्रधान तथा गृहमन्त्री लामिछाने

काठमाडौं ।

नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कसैको दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज साँझ पदभार ग्रहणपछि सञ्चारकर्मीको जिज्ञासामा उनले शान्ति सुव्यवस्थाका लागि गृह प्रशासनले निभाउनुपर्ने भूमिकामा सबैभन्दा बढी काम गर्ने बताए ।

विधि र पद्धतिका आधारमा काम गर्ने प्रणाली स्थापित गर्ने जनाउँदै उहाँले कुनै दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्रीले दिएको निर्देशनप्रति आफू प्रतिबद्ध रहेको बताए । आफूले स्वतन्त्र र स्वायत्तरूपमा कार्यसम्पादन गर्ने उनको भनाइ छ ।

“आम नागरिकले शान्ति सुरक्षाको महसुस कत्तिको गरिरहेका छन्, त्यस्ता विषयलाई प्राथमिकतामा राखेर काम गर्छु”, उनले भने, “आम जनजीविकाका विषय मेरा प्राथमिकतामा छन् ।” गृह प्रशासन मातहतका सङ्गठनको मनोबल उच्च तुल्याउने काममा आफू लाग्ने उनको भनाइ छ । आफू सञ्चारकर्मी भूमिकामा रहँदा सबैभन्दा बढी काम गर्नुपर्ने जनचासोका विषय गृह मन्त्रालय पाएको र त्यसमा पहल गर्नुपर्ने भएकाले आफ्नो रोजाइमा गृह मन्त्रालय परेको बताए ।

आफूले स्वतन्त्ररूपमा कसैलाई विभेद नगरी बराबरी रूपमा कार्यसम्पादन गर्ने अधिकार सबैलाई प्रदान गर्ने बताए । हरेक निर्णय स्वतन्त्र र विश्वसनीयरूपमा गरेर प्रशासनका माध्यमबाट जनताका लागि न्याय दिइने उनको प्रतिबद्धता छ । साझा नीति तथा कार्यक्रम बनाएर काम गर्ने सम्झौताका आधारमा आफूहरू सरकारमा सहभागी भएको जनाउँदै उनले सरकारमा रहेर पनि आम जनताको मुद्दामा वाचापत्रद्वारा प्रतिबद्धता जनाएअनुसार प्रखररूपमा आवाज उठाइरहने बताए ।

नवनियुक्त गृहमन्त्री लामिछानेले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिन पहल गर्ने पहिलो निर्णय गरेका छन्।पदभार ग्रहण गर्दै उनले शान्ति सुव्यवस्था कायम राख्नु प्राथमिकता रहने बताए ।

उनले संगठनको मनोबल उच्च राख्ने, विधिको शासन कायम राख्ने प्रतिवद्धता जनाए। उनले नागरिकका लागि बढी काम गर्नुपर्ने मन्त्रालय भएर गृह मन्त्रालय रोजेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका