काठमांडौ।
गृहमन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउ पहल थालेको छ । उल्लिखित पत्रहरु प्राप्त गर्न लामो र झन्झटिलो प्रक्रिया भएकोले त्यसलाई सहज बनाउन गृह मन्त्रालयले पहल थालेको हो ।
मन्त्रालयले नागरिकता ,राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न विज्ञको टोली गठन गरेको छ ।
सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।