डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • पोखरा सडक महोत्सव जारी, सबै होटेलहरू भरिभराउ

पोखरा सडक महोत्सव जारी, सबै होटेलहरू भरिभराउ

पोखरा सडक महोत्सव जारी, सबै होटेलहरू भरिभराउ

पोखरा।
पर्यटकीय सहर पोखराको लेकसाइडमा पुष १३ गते बाट सुरु भएको २४ औ पोखरा सडक महोत्सवमा पर्यटकहरुको भिड लागेको छ। प्राकृतिक सौन्दर्यताका कारण स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षक गन्तव्य पोखरा पर्यटकले खचाखच भरिएको हो । प्रत्येक अङ्ग्रेजी नयाँ वर्षमा क्रिसमसदेखि नै पोखरामा पर्यटकको चहलपहल बढ्ने र डिसेम्बर ३०, ३१ र जनवरी १ का दिनमा यहाँका होटेलहरू भरिभराउ हुने गरेको व्यवसायीको अनुभव छ ।देशका विभिन्न स्थानसँगै विभिन्न विदेशी राष्ट्रबाट पर्यटकहरू आएका कारण होटलहरू भरिभराउ छन् ।

पोखरामा प्रत्येक दिन ४० हजार जनासम्म पर्यटक राख्न सक्ने क्षमता रहेको पश्चिमाञ्चल होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।अङ्ग्रेजी नयाँ वर्षका कारण अहिले पोखरामा पर्यटकको राम्रै चहलपहल रहेको बताउँदै राम्रा होटेलहरूमा क्षमताको झन्डै ८० देखि ८५ प्रतिशतसम्म भरिभराउ रहेको जानकारी दिनुभयो।

“क्रिसमसदेखि नै पोखरामा पर्यटकको चहपहल बढिरहेको छ”, उनले भने, “अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी रेष्टुरेन्ट एन्ड बार एसोसिएसन रेवान पोखराले सञ्चालन गरेको सडक महोत्सवका कारण ठाउँ(ठाउँबाट पर्यटकहरू पोखरामा आएका छन् ।” पोखराका सामान्य होटेलमा पनि क्षमताको ५० प्रतिशतभन्दा बढी पर्यटकहरू भरिएको उनले जानकारी दिनुभयो ।विगतका वर्षमा कोरोनाबाट प्रभावित भएको पोखराको पर्यटन पछिल्ला समयमा पर्यटकको आगमनले आशा जगाएको पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका पूर्वअध्यक्ष एवम् होटेल इलेगेन्टका सञ्चालक बोबरजङ्ग गुरुङले जानकारी दिनुभयो ।

पछिल्ला वर्षमा अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकका साथै छिमेकी मुलुक भारतबाट पनि पर्यटकहरू पोखरा भित्रने गरेका छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी रेष्टुराँ एन्ड बार एसोसिएसन ९रेवान० द्वारा गर्दै आएको सडक महोत्सव पोखराको राम्रै आकर्षण बन्ने गरेको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखराको लेकसाइडस्थित शहीदचोकदेखि कोमागाने पार्क हुँदै हल्लनचोक खहरे क्षेत्रसम्म हुने महोत्सव यहाँको विशिष्ट पहिचान बन्ने गरेको छ ।महोत्सवका अवसरमा सडकमै खानेदेखि मनोरञ्जनका विभिन्न कार्यक्रम सञ्चालन गरिने र त्यहाँ पर्यटकहरूले राम्रैसँग मनोरञ्जन लिने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका