डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सोलुखुम्बुको थामेमा भीषण बाढी

सोलुखुम्बुको थामेमा भीषण बाढी

सोलुखुम्बुको थामेमा भीषण बाढी

साउन ३२ . सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा भीषण बाढी आएको छ। गाउँपालिकाको वडा नं ५ को थामेमा भीषण बाढी आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रहरीका अनुसार हिमपोखरी फुटेर बाढी आएको हुनसक्ने आशंका गरिएको छ। बाढीबाट हालसम्म ५ वटा घर, एउटा होटेल बगाएको छ भने केही मानिसको उद्दार पनि गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ। उद्दारको लागि प्रहरी घटनास्थल पुगिसकेको छ। क्षतिको विवरण भने आउन बाँकी छ।

त्यस्तै खुम्बु पासाङल्हामु गाउँपालिकाले पनि वडा नं ५ थामे नजिकै ठूलो बाढी आइरहेको जानकारी दिएको छ। उसले दूधकोशी किनारामा रहने सबैलाई सचेत हुन आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका