डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • गोरखाबाट हिँडेर सम्पर्कविहीन भएको बस नै झ्याप्ले खोलामा भेटिएको बस रहेको पुष्टी ।

गोरखाबाट हिँडेर सम्पर्कविहीन भएको बस नै झ्याप्ले खोलामा भेटिएको बस रहेको पुष्टी ।

गोरखाबाट हिँडेर सम्पर्कविहीन भएको बस नै झ्याप्ले खोलामा भेटिएको बस रहेको पुष्टी ।

झ्याप्ले खोलामा शनिबार बिहान भेटिएको बस गोरखाबाट काठमाडौं आउँदै गरेको बस रहेको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको बस नै झ्याप्ले खोलामा भेटिएको बस रहेको जानकारी दिए।

उनकाअनुसार उक्त बसको नम्बर ना ४ ख २२७० रहेको खुलेको छ।

बसमा चार जनामात्रै यात्रु रहेको खुलेको छ। त्यसमा रहेका यात्रुहरूको पहिचान हुने क्रम जारी रहेको इन्स्पेक्टर सिलवालले जानकारी दिए।

उक्त बस शुक्रबार बिहान ११ बजे धार्चे गाउँपालिकाको लापुबेसीबाट काठमाडौं प्रस्थान गरेको थियो। बसका चालक र सहचालकसँग खानीखोलाबाट सम्पर्क टुटेको कम्पनीका अध्यक्ष नारायण खत्रीले जानकारी दिए।

खत्रीले बसमा दुई तीन जना मात्रै यात्रु रहेको बुझिएको बताएका छन्। चालक र सहचालकसँगको कुराकानीमा अत्यधिक जाम रहेको भनेका उनले बताएका छन्।

प्रहरीले पनि बसमा चार जना मात्रै रहेको बताएको छ। बसबाट सबैको शव निकालिसकिएको छ।

त्यस्तै अर्को हायस गाडी चितवनबाट आएको  यसअघि नै खुलेको थियो। उक्त गाडीमा १७ जना सवार रहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका