डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • माटोको नाताले मत दिनुहुन्छ भन्ने पूर्ण विश्वासमा छु -गणेशमान गुरुङ

माटोको नाताले मत दिनुहुन्छ भन्ने पूर्ण विश्वासमा छु -गणेशमान गुरुङ

माटोको नाताले मत दिनुहुन्छ भन्ने पूर्ण विश्वासमा छु -गणेशमान गुरुङ

पोखरा।

कास्की क्षेत्र नं. ३ प्रदेश (क) का  नेकपा एमालेका उम्मेद्वार गणेशमान गुरुङले धम्पुसवासीले आफूलाई बिश्वास गरेर मत दिने बताउनु भएको छ ।

चुनावी अभियान अन्तरगत घरदैलोका क्रममा शनिवार गृह वडा माछापुच्छे गाउँपालिका ७ धम्पुसमा भएका विभिन्न कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार गुरुङले त्यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो ‘मैले तरुल खनेको वन यही हो, म हुर्केको ठाँउ यहि हो, यहाँ मेरो रगत, माटो तथा भुगोलको सम्बन्ध छ, यो धम्पुस मेरो प्राण भन्दा पनि प्यारो छ उनले भने ।मेरो जीतका लागि धम्पुसवासी सबै पार्टीभन्दा माथि उठी स्थानीयका नाताले मत दिनुहुन्छ भन्ने पूर्ण विश्वासमा छु ।’

धम्पुसमा पर्यटन, जल, जमिन, जडिबुटी लगायतको समुचित प्रयोग गरी विकास गर्ने पनि गुरुङले आफ्नो उम्मेदवारी आम धम्पुसवासीको भएकाे बताउनु भयो । चुनाव जिते पनि हारे पनि खानीगाउँमा पानीको सहजता तथा खेल मैदान निर्माण, कोत्लेदेखि ल्वाङ र घान्द्रुक जोड्ने सडक स्तरउन्नती लगायतका विकासमा आफ्नो पहल रहने उम्मेदवार गुरुङले स्पष्ट पार्नुभयो । केही नागरिकहरुले स्वःस्फुर्त रुपमा गणेशमान जिताऊ अभियान सुरु गरिसक्नुभएको छ, म त्यसमा होमिन आम धम्पुसवासी समक्ष आग्रह गर्दछु गुरुङले भन्नुभयो ।

कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य सीता गिरी वलीले नेपालको समृद्धि लागि एमालेलाई भोट दिनुको विकल्प नभएको बताउनुभयो । धम्पुस पर्यटकीय गाउँ हो, त्यहाँको विकासका लागि पर्यटन चिनेको धम्पुसकै छोरा चुनावी मैदान होमिएको छ, त्यसैले उक्त उम्मेदवारले अत्याधिक मत पाउनु पर्दछ भन्ने हो,नेतृ गिरीले भन्नुभयो ।

कोणसभामा एमाले प्रदेश सदस्य लालबहादुर परियार, वामपन्थी बुद्धिजिवी पूर्ण गिरी, गणेशमान् जिताऊ अभियानका प्रेम सुनार, एमालेका स्थानीय नेताहरु सम गुरुङ, अमर गुरुङ, गोविन्द भण्डारी, यमबहादुर गुरुङ, चन्द्रबहादुर विक, कुलप्रसाद भण्डारी, हरिप्रसाद विक, स्थानीयहरु कृष्ण विक, थमन विक लगायतले पनि धारणा राख्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका