डिजिटल पत्रिका
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • अनिल कपुर र ज्याकी श्राफ २१ वर्षपछि सँगै फिल्ममा

अनिल कपुर र ज्याकी श्राफ २१ वर्षपछि सँगै फिल्ममा

अनिल कपुर र ज्याकी श्राफ २१ वर्षपछि सँगै फिल्ममा

एजेन्सी ।

भारतीय अभिनेता अनिल कपुर र ज्याकी श्राफ २१ वर्षपछि अनीस बज्मीको फिल्म ‘चोर पुलिस’ मा सहकार्य गर्ने भएका छन् । अनीस र सुभाष घई दुवै मिलेर यो फिल्म बनाउँदै गरेको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् । कमेडीमा आधारित यो फिल्म चोर र प्रहरीको कथामा आधारित हुनेछ ।

जब अनीसले अनिल र ज्याकीलाई फिल्मको कथा सुनाए, उनीहरूलाई कथावस्तु मन पर्‍यो र उनीहरूले तुरुन्तै यसमा काम गर्न स्वीकार गरे। अनिल फिल्मका लागि अनीसको पहिलो रोजाइ थिए। त्यसपछि सुभाषले ज्याकीको नाम सुझाए । फिल्मका लागि छिट्टै थप सेलिब्रेटीलाई पनि कास्ट गरिनेछ ।

अनिल र ज्याकीले ‘परिंदा’, ‘कर्मा’, ‘राम लखन’ जस्ता १२ वटा फिल्ममा सँगै काम गरेका छन् । ज्याकी र अनिल पछिल्लो पटक सन् २००१ मा रिलिज भएको फिल्म ‘लज्जा’ मा सँगै देखिएका थिए । फिल्म उद्योगमा यति लामो समय कामसँगै मित्रता कायम राख्नु दुर्लभ उदाहरण मानिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका