पोखरा।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । ४ हजार ८९ मत गणना हुँदा सो दलले १ हजार २१४ मत पाएको छ । निकटम प्रतिस्पर्धी एमालेले ९९२ मत पाएको छ भने नेकपा एकीकृत समाजवादी पार्टीले ६७७ मत पाएको छ । यस्तै राप्रपाले ६३२ मत पाएको छ ।