काठमाण्डौ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड (SHINE) ले आर्थिक बर्ष २०७८/७९ को लागि १३.३० प्रतिशत बोनस शेयर प्रस्ताव घोषणा गरेको छ। बैंकको संचालक समितिको मंसिर ०७ गते साँझ ५:०० बजे बसेको २६६औं बैठकले सो सम्बन्धी निर्णय गरेको हो।
शाइन रेसुङ्गाले हाल कायम चुक्ता पूँजी रु ३ अर्ब ७८ करोड १० लाख ९ हजार १४.२६ को १३.३०% ले हुने रु ५० करोड २८ लाख ७४ हजार १९८.९० बराबरको बोनस शेयर र ०.७०% ले हुने रु २ करोड ६४ लाख ६७ हजार ६३.१० बराबरको नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि) प्रस्ताव अघि सारेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बार्षिक साधारण सभाले अनुमोदन गरेपश्च्यात वितरण गरिनेछ।