डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • ८० वर्ष माथिका जेष्ठनागरिकको वर्षमा कम्तिमा दुई पटक निःशुल्क रगत परीक्षण गरिन्छ : बास्तोला

८० वर्ष माथिका जेष्ठनागरिकको वर्षमा कम्तिमा दुई पटक निःशुल्क रगत परीक्षण गरिन्छ : बास्तोला

८० वर्ष माथिका जेष्ठनागरिकको वर्षमा कम्तिमा दुई पटक निःशुल्क रगत परीक्षण गरिन्छ : बास्तोला

पोखरा ।

पोखरा महानगरपालिका वडा नं.१२ ले ८० वर्ष माथिका जेष्ठनागरिकको निःशुल्क रगत परीक्षण गर्ने भएको छ ।बिहीबार आफ्नै वडाको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै वडा अध्यक्ष सन्तोष बास्तोलाले सो कुराको जानकारी दिएका हुन ।

युवा जनप्रतिनिधि अध्यक्ष बास्तोलाले गएको स्थानिय चुनावी घोषणा पत्रमा जेष्ठ नागरिकहरुलाई घरमा पुगेर स्वास्थ्य सेवा दिने पुर्व निर्धारित कार्यक्रम पुरा भएकोमा खुशी व्यक्त गरे ।‘पहिलो चरणमा हामीले जेष्ठ नागरिकहरुको रगत परीक्षणमा मृगौला,सुगर,हेमोग्लोबिन र पिसाब लगायतका परीक्षण वर्षमा कम्तिमा पनि दुई पटक निःशुल्क गर्ने योजना बनाएका छौ ।’ उनले भने । यस कार्यक्रमको लागि वडाले १ लाख रकम छुटएको उनले बताए । आवश्यकता अनुसार अन्य शिर्षकबाट तानतुन गरेर भए पनि निःशुल्क स्वास्थ्य सेवा थप गर्दे जाने उनको योजना रहेको छ ।अध्यक्ष बास्तोलाले व्यवस्थिीत तवरबाट जेष्ठनागरिकहरुलाई सेवा दिनका लागि वडा सदस्य गोविन्द प्रसाद सिग्देलको नेतृत्वमा सदस्य शान्ति कोइराला अन्य दुई सदस्य गोमा देवि परियार र शान्त बहादुर थापालाई निर्देशन दिएका छन् ।

उत कार्यक्रमको लागि पोखरा १२ वडा कार्यालय र शितलदेवीमा रहेको गण्डकी प्याथोलोजी बीच १ वर्षका लागि संझौता भएको छ ।
कार्यक्रममा आर्दश टोल विकास समितिका कृष्ण कोइराला, लाली गुराँस टोल आमा समुहकी अध्यक्ष भगवती शर्मा बास्तोला, जय टोल विकास समिति अध्यक्ष इन्दिरा पन्त, लाली गुरास टोलका अध्यक्ष रुद्र न्यौपाने सचिव देव कुमार श्रेष्ठ, उपकारमार्गका तेजराज घिमिरे, चापापानी टोल विकासका संस्थाकी गंगा कार्की, ढिकालेथर टोल विकास समितिका अध्यक्ष गुप्त बहादुर कार्की, कुडहँरचोक टोल विकास समितिका अध्यक्ष प्रेम प्रसाद गौतम लगायतले आफ्ना भनाई राखेका थिए । कार्यक्रम संचालन सचिव महेश्वर अर्यालले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका