डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • पोखरामा १० औँ संस्करणको लिटरेचर फेस्टिभल हुँदै

पोखरामा १० औँ संस्करणको लिटरेचर फेस्टिभल हुँदै

पोखरामा १० औँ संस्करणको लिटरेचर फेस्टिभल हुँदै

पोखरा।

पोखरामा यही पुस ६ देखि ११ गतेसम्म दशौँ संस्करणको साहित्य महोत्सव हुने भएको छ । महोत्सव सफल पार्न पोखरा महानगरपालिकाले २० लाख दिने घोषणा गरेको छ ।

बुक वर्म फाउण्डेशनको आयोजनामा फेवा किनारमा हुने महोत्सवले पोखराको सुन्दरतामा साहित्यिक बहसको उठान गरेर साहित्य र संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकासमा भूमिका खेल्ने विश्वास गरिएको छ ।

दशौँ संस्करणको कार्यक्रममा यस वर्ष एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि काँग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा, गभर्नर महाप्रसाद अधिकारी, भगवान् कोइराला, सुविन भटराई लगायत देश तथा विदेशका अतिथि फेस्टिभलको वक्ताका रुपमा रहने नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले बताउनुभयो ।

कार्यक्रमले पोखरालाई सभ्य एवम् सुसंस्कृत सहर बनाउँदै लगेको आयोजक संस्थाका केशवशरण लामिछानेले बताउनुभयो । उहाँले तालको सहर, हिमाल मुनिको सहर भनेर चिनिने पोखरालाई अब साहित्यको सहरको रुपमा पनि चिनाउन फेस्टिभलको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मुल नाराका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले कला साहित्यको मात्र प्रवर्द्धन नगरी विचार निमार्ण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको छ ।

कोरोना महामारीको प्रतिकुल अवस्थापछि फेस्टिभल पुन शुरु हुन लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका