डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • नेपाली कांग्रेसले उत्कृष्ट प्रतिपक्षीको भूमिका निर्वाह गर्छः गगन थापा

नेपाली कांग्रेसले उत्कृष्ट प्रतिपक्षीको भूमिका निर्वाह गर्छः गगन थापा

नेपाली कांग्रेसले उत्कृष्ट प्रतिपक्षीको भूमिका निर्वाह गर्छः  गगन थापा

पोखरा ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले सङ्घीय संसद् र प्रदेश सभामा उत्कृष्ट प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् ।पोखरामा सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीलाई विधानसम्मत ढङ्गबाट सञ्चालन गर्न प्रयास गर्ने र पार्टीको शुद्धीकरण र सुदृढीकरणमा लाग्ने बताए ।

महामन्त्री थापाले निर्वाचनअघि तालमेल गरेपछि तालमेल गर्ने दलहरूले पाँच वर्ष अन्य पार्टीसँग मिलेर सरकार बनाउने कुरा जायज नभएको स्पष्ट पारे । उनले भने, ‘निर्वाचनअघि तालमेल गरेपछि तालमेल गर्ने दलहरूले धर्म निर्वाह गर्नुपर्दछ ।

कांग्रेसले पनि अन्य विकल्प सोच्न पाउँदैन अन्यले पनि पाउँदैनन् । यही गठबन्धनभित्रबाट कुनै न कुनै निष्कर्ष निकाल्नुपर्दछ भन्ने पक्षमा हामी थियौँ ।’महामन्त्री थापाले सरकार गठनका लागि भएको गठबन्धनका बैठकहरूमा पार्टीका महामन्त्रीहरूको सहभागिता अनिवार्य हुने भए पनि आफूहरूलाई समावेश र बोलावट नगरिएको बताए । उनले धेरै विषय सञ्चारमाध्यमबाट जानकारी हुने गरेको उल्लेख गरे ।

थापाले आफूले निर्वाचनअघि कुनै पनि दलसँग चुनावी तालमेल गर्नुहुँदैन भन्ने विचार पार्टीमा राखेको बताए । आगामी दिनमा नेपाली कांग्रेसलाई आफ्नै तागत र बलमा निर्वाचन लड्नसक्ने गरी पार्टी पुनःनिर्माणको अभियान सुरु गरिने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका