डिजिटल पत्रिका
बिहिबार, माघ १०, २०८१
  • होमपेज
  • ढिकुरपोखरी समाजको अध्यक्षमा लक्ष्मी अधिकारी निर्वाचित

ढिकुरपोखरी समाजको अध्यक्षमा लक्ष्मी अधिकारी निर्वाचित

ढिकुरपोखरी समाजको अध्यक्षमा लक्ष्मी अधिकारी निर्वाचित

पोखरा । ढिकुरपोखरी समाज पोखराको १७ वर्षको इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएकी छन्  । समाजको शनिबार पोखरामा सम्पन्न १७औं वार्षिक साधारणसभाले लक्ष्मीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

उपाध्यक्षमा लोकनाथ भण्डारी, सचिवमा गणेश प्रसाद अधिकारी, कोषाध्यक्षमा रमा पौडेल र सहसचिवमा कृष्ण प्रसाद दाहाल सर्वसम्मत निर्वाचित भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यमा पुरन बिश्वकर्मा, चेतनाथ भण्डारी, पुष्पराज भण्डारी, धर्मदत्त अधिकारी, रामकुमारी अधिकारी, खिमा भण्डारी, सूर्य मोहन भण्डारी, कृष्ण प्रसाद पौडेल, दिवाकर पौडेल रहेका छन् । न्यायिक समिति संयोजकमा विष्णुहरि भुगाई निर्वाचित भएकाछन् । शिवहरि सुवेदी संयोजक रहेको निर्वाचन समितिमा रामचन्द्र सुवेदी र भेषराज पौडेल सदस्य रहेका थिए ।

नवनिर्वाचित अध्यक्ष लक्ष्मी अधिकारीले समाजले गर्दै आएका रचनात्मक कार्यलाई निरन्तरता दिदैं समाजलाई देख़िने र सुन्नसकिने बनाउने प्रतिबद्वता ब्यक्त गरिन । त्यस्को लागि समाजका पूर्व अध्यक्ष, आजिवन सदस्यसहित सिंगो कार्यसमितिको पूर्ण साथ र सहयोग रहनेमा विस्वस्त रहेको बताइन ।

उक्त कार्यक्रमको  उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले सामाजिक संघसंस्थाले सङ्गठित नागरिकको भूमिका निर्वाह गर्ने भएकाले मुलुक निर्माणमा महत्वपूर्ण भूमिका रहने बताए ।

समाजका अध्यक्ष सोमनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरू रामचन्द्र पौडेल, लोकराज भण्डारी, आश बहादुर गुरूङ, बाबुराम भण्डारी, सल्लाहकार कुल बहादुर गुरूङ(कुलु), अन्नपूर्ण बचततथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेल, आजिवन सदस्यहरू महिलाको तर्फबाट अम्बिका अधिकारी र पुरुषबाट नारायण भण्डारी, सहयोगी संस्था रेडक्रसबाट रमेश भण्डारी, धारापानी माबिका प्रधानाध्यापक यमप्रसाद भण्डारी, समाजका उपाध्यक्ष लक्ष्मी अधिकारी, सचिव लोकनाथ भण्डारी, कोषाध्यक्ष कृष्णप्रसाद दाहाल लगायतले आफ्ना भनाइ राखेका थिए ।

 

खेका थिए

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका