डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पोखरा।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ । पोखरामा आज आयोजित भव्य कार्यक्रमकाबीच उहाँले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गर्नुभएको हो । पोखरा नेपालकै पर्यटिय केन्द्रको रुपमा बिश्बभर परिचित रहेको र नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनुभयो।

“मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा आजदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको छ र पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ राजदूतावास मार्फत तथा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष भेटेर पनि छिटो  निर्माण सम्पन्न गर्ने आफुले पहल गरेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले चीनसँगको सीमा नाका खुलाइ सहज बनाउने तथा रेलसेवा लगायतका परियोजना निर्माणमा सहयोग गर्नसमेत चीन सरकारसमक्ष आग्रह गर्नुभयो। पोखरा विमानस्थल सञ्चालनमा आएपछि गण्डकी प्रदेशसँगै सिङ्गो नेपालकै आर्थिक विकास हुनेमा दुई मत नरहेको बताउनु भयो।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका