डिजिटल पत्रिका
बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • नेपाल बैंकर्स एसोसिएसनले माघ १ देखि निक्षेपको ब्याजदर घटाउने

नेपाल बैंकर्स एसोसिएसनले माघ १ देखि निक्षेपको ब्याजदर घटाउने

नेपाल बैंकर्स एसोसिएसनले माघ १ देखि निक्षेपको ब्याजदर घटाउने

काठमाण्डौँ ।

नेपाल बैंकर्स एसोसिएसनको आज पौष २७ गते साँझ बसेको बैठकले वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा १.१३% ले ब्याजदर घटाउने निर्णय गरेको हो।

यसअनुसार, अब वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा पौष महिनाको ब्याजदर १२.१२% बाट घटेर माघ महिनाको लागि व्यक्तिगत तर्फ ११% तथा संस्थागत तर्फ ९% ब्याजदर कायम हुने भएको छ।

यसअघि, असोजमा मुद्दती निक्षेपमा बढाएर व्यक्तिगत तर्फ १२.१३% र संस्थागत तर्फ १०.१३% पुराएको ब्याजदर पौष महिनासम्म स्थिर रहेको थियो।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार औसत ब्याजदर अन्तर “क” वर्गका वाणिज्य बैंकहरुको ४.४ प्रतिशत भन्दाबढी नहुने व्यवस्था रहेको छ।त्यसैगरी, राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार अब चैतदेखि वाणिज्य बैंकले ४.२% भन्दा बढी स्प्रेडदर नहुने व्यवस्था गर्नुपर्ने भएको छ। निर्देशन अनुसार स्प्रेडदर २०८० असार महिनादेखि वाणिज्य बैंकले ४% कायम गर्नुपर्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका