डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

फागुन २५,काठमाडौं।

राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल  ३३ हजार ८ सय दुई मतभारका साथ निर्वाचित भएका छन्।

पौडेलका प्रतिस्पर्धी नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार पाएका छन् ।

राष्ट्रपतिमा विजयी पाैडेलले २ सय १४ संघीय सांसदकाे मत पाएका छन् । संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए। संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन्।

प्रदेशसभाका ५५० सदस्यमध्ये ५१८ जनाले मात्र मतदान गरे। राप्रपाका २८, नेपाल मजदुर किसान पार्टीका ३ र जसपाका एक सांसदले मत दिएनन् ।

सुवास नेम्वाङले भने ९८ संघीय सांसदकाे मत पाएका छन् । यी सांसदबाट नेम्वाङले ७ हजार ७ सय ४२ मतभार पाए । त्यस्तै, उनले १६२ प्रदेश सांसदकाे मत पाए । यी सांसदबाट उनले ७ हजार ७ सय ७६ मतभार पाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका