डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • एसओएस गण्डकीको वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न

एसओएस गण्डकीको वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न

एसओएस गण्डकीको वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न

जेष्ठ १३,पोखरा।

एसओएस हरमन माइनर स्कुल गण्डकी,पोखराको वार्षिक शैक्षिक पुरस्कार वितरण कार्यक्रम गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।
उक्त कार्याक्रममा शैक्षिक सत्र–२०७९ मा उत्कृष्टता हासिल गर्ने प्रत्येक कक्षाका विद्यार्थीलाई विषयगत रूपमा पुरस्कार वितरण गरिएको थियो । विषयगत उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथि डा. कृष्णचन्द्र देवकोटा, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा पुरस्कार प्रदान गर्नुभयो ।

उक्त कार्याक्रममा एसओएस गण्डकीकी पूर्वशिक्षिका जया बरालद्वारा आफ्ना दिवङ्गत मातापिताको स्मृतिमा स्थापना गरेको  ‘नगेन्द्रकुमारी–नारायण स्मृति प्रतिभा पुरस्कार’,शैक्षिक सत्र–२०७९ मा कक्षा ६ का नसिब पौडेललाइ प्रदान गरियो ।

उक्त कार्याक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. कृष्णचन्द्र देवकोटाले गण्डकी प्रदेशको नीति तथा योजनासम्बन्धी बजेट तर्जुमा गर्ने क्रममा एसओएसको आदर्श र उद्देश्यलाई समेत सम्बोधन गर्ने गरी विगतका सहयोगलाई थप परिष्कृत रूपमा निरन्तरता दिने विषयमा आयोग प्रतिबद्ध रहेको बताउनुभयो ।

एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यले विभिन्न विषयमा पुरस्कृत विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै विद्यार्थीलाई पुरस्कार ग्रहण गर्न योग्य बनाउने सम्पूर्ण शिक्षकहरूलाई समेत धन्यवाद ज्ञापन गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले कोरोनाको तीव्र सङ्क्रमणका कारण विगत केही वर्षदेखि रोकिएको पुरस्कार वितरणमा पुनरावलोकन गर्दै यस वर्षदेखि राज्यको परिवर्तित शैक्षिक प्रणालीअनुसार विषयगत रूपमा विद्यार्थीहरूलाई पुरस्कृत गर्ने नयाँ अभ्यास प्रारम्भ गरिएको बताउनु भयो।उक्त वार्षिक शैक्षिक पुरस्कार वितरण कार्यक्रम विद्यालयका शिक्षक पुष्पराज तिमिल्सिनाले सञ्चालन गर्नुभएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका