डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • कवि शिव त्रिपाठीको एकल काव्य वाचन सम्पन्न

कवि शिव त्रिपाठीको एकल काव्य वाचन सम्पन्न

कवि शिव त्रिपाठीको एकल काव्य वाचन सम्पन्न

पोखरा ।लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको आयोजनामा भएकोकवि शिव  त्रिपाठीको पहिलो एकल काव्य वाचन समपन्न  भएको छ। पोखराको हेमजामा जन्मेका त्रिपाठी पोखराका विभिन्न शैक्षिक संस्थाहरूमा अङ्ग्रेजी विषय प्राध्यापन गर्छन् । लयबद्ध प्रस्तुतिका लागि ख्याति कमाएका त्रिपाठीले सो अवसरमा पनि दुई दर्जन कविता, गजल लयबद्ध रूपमै वाचन गरेका थिए । कार्यक्रममा साहित्यकार प्राञ्जल, लक्ष्मण तिमल्सिना र तारा पराजुली त्रिपाठीका रचना वाचन गरेका थिए ।

उक्त कार्यक्रममा वरिष्ट साहित्यकार सरुभक्त श्रेष्ठ, तिर्थ श्रेष्ठ, बर्दघाट साहित्य प्रतिष्ठानका कुलापती डा .घनश्याम परीश्रमि, लक्ष्मण थापा, माधव वियोगी, डा इश्वर मणि अधिकारी, दुर्गा शाहा बाबा, लायन्स इन्टरनेशल डिस्ट्रिक्ट ३२५ एम का चिफ एडमिनिस्ट्रेटर किशोर बराल, एलसीआइ चिफ जग्गनाथ तिमिल्सिना,  एलसीआइ चिफ जग्गनाथ तिमिल्सिना, ट्री प्लान्टेसन चिफ लक्ष्मण तिमिल्सिना डिस्ट्रीक का एड्भाइजर रजनी बराल लगाएतको उपस्थित रहेको थियो |

क्लबका साहित्य संयोजक माधव खतिवडाको संयोजकत्वमा सम्पन्न कार्यक्रम क्लबका अध्यक्ष  सन्तोष शर्मा तिमिल्सिनाको अध्यक्षता र सचिव छवि पनेरुको सञ्चालनमा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका