डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • नेपाल सरकार लगानी बोर्ड सीईओमा आवेदन खुला

नेपाल सरकार लगानी बोर्ड सीईओमा आवेदन खुला

नेपाल सरकार लगानी बोर्ड सीईओमा आवेदन खुला

२७ साउन, काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन खुला गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सो पदका लागि आवेदन खुलाएको हो ।

यसअघिका कार्यकारी प्रमुख सुशील भट्टको कार्यकाल सकिएसँगै सरकारले आवेदन माग गरेको हो ।

अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य शास्त्र, कानुन, इन्जिनियरिङ वा विकास सम्बन्धी विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी–साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैकिङ, वित्तीय क्षेत्र वा औद्योगिक व्यवस्थापन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्ने सर्त राखिएको छ ।

३५ वर्ष पूरा भएको र ६५ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिनु सक्ने सूचनामा छ ।

सरकारले प्रमुख कार्यकारी सिफारिस सम्बन्धी कार्यविधि २०८१ बनाएको छ । नियुक्ति सोही कार्यविधि अनुसार हुने छ ।

इच्छुक आवेदकबाट ५ हजार शब्दसम्मको रणनीति तथा कार्ययोजना समेत पेस गर्नुपर्ने छ ।

मन्त्रिपरिषद्को २२ साउनको बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहने गरी सिफारिस समिति गठन गरेको थियो ।

समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी सदस्य र पूर्वअर्थ सचिव राजन खनाललाई विज्ञ सदस्य तोकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका