डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • फेवातालमा डुंगा पल्टिदा ७० वर्षीया वृद्धको मृत्यु

फेवातालमा डुंगा पल्टिदा ७० वर्षीया वृद्धको मृत्यु

फेवातालमा डुंगा पल्टिदा ७० वर्षीया वृद्धको मृत्यु

२० फागुन, पोखरा ।

फेवातालमा डुंगा दुर्घटना हुँदा घाइते भएकी वृद्धा महिलाको मृत्यु भएको छ।

शनिबार दिउँसो पोखरा महानगरपालिका-६ स्थित फेवातालमा डुंगा दुर्घटनामा परेकी वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रवनकुमार विकले जानकारी दिए।

पोखरा-१ बगर बस्ने ७० वर्षीया याममाया गिरीको गण्डकी स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा साँझ मृत्यु भएको उनले बताए।

उक्त दुर्घटना लगत्तै फेवाताल रेस्क्यु टावरमा रहेका सशस्त्र प्रहरी बलको गोताखोर सहितको टोलीले उनीहरूको उद्धार गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका