मंगलबार भएको साफ यू–२० च्याम्पियनसिप खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेकाे छ । याे सँगै नेपाल समूह चरणको एक खेल अगावै साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेको थियो।
श्रीलंका पहिलो खेलमा नेपालसँग पराजित भएको थियो। दुवै खेलमा पराजित भएसँगै श्रीलंका समूह ‘ए’ बाट अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले आफ्नो समूहको दोस्रो खेल भदौ ६ गते बंगलादेशसँग खेल्नेछ।