डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • रोहित पौडेल आबद्ध टोरोन्टोले जित्यो ग्लोबल टी-२० लिगको उपाधि

रोहित पौडेल आबद्ध टोरोन्टोले जित्यो ग्लोबल टी-२० लिगको उपाधि

रोहित पौडेल आबद्ध टोरोन्टोले जित्यो ग्लोबल टी-२० लिगको उपाधि

२८ साउनकाठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगको उपाधि नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेशनल्सले जितेको छ ।

आइतबार राति भएको फाइनल खेलमा टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।

९७ रनको सामान्य लक्ष्य लक्ष्य ३० बल बाँकी हुँदै मात्र दुई विकेट गुमाएर पूरा गरेको हो । टोरोन्टोका लागि आन्द्रिस गोसले ५८ र रासेइ भान डेर दुसेनले ३० रनको योगदान गरे ।

मोन्ट्रियलका अजमतुल्लाह ओमर्जाई र कोर्बिन बोशले एक/एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको मोन्ट्रियलले ९ विकेट गुमाउँदै जम्मा ९६ रन बनाएको थियो । जसमा कोर्बिनले सर्बाधिक ३५ रन बनाए भने जसकरण सिंहले १६ र अनुप रविले १० रन बनाउनबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

टोरोन्टोका जसन बेहरेन्डोर्फ तीनरोमारिओ शेफर्डले दुईजुनैद सिद्दिकीमोहम्मद नवाजनिखिल दत्त र जतिन्दरपाल मथारुले एक/एक विकेट लिए । तीन विकेट लिएकाजसन प्लेर अफल म्याच भए ।

शनिबार भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वुल्भ्सलाई ५ विकेटले पराजित गर्दै टोरोन्टो फाइनल प्रवेश गरेको थियो ।

पहिलो क्वालिफायर्स वर्षाका कारण रद्द भए पनि लिगको शीर्ष स्थानमा रहॅंदै प्लेअफमा स्थान बनाएको कारण मोन्ट्रियल टाइगर्स फाइनलमा पुगेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका