डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • भारतीय विदेश सचिवले भेटे गृहमन्त्री लेखकलाई

भारतीय विदेश सचिवले भेटे गृहमन्त्री लेखकलाई

भारतीय विदेश सचिवले भेटे गृहमन्त्री लेखकलाई

२८ साउन, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन्।

सोमबार दिउँसो गृह मन्त्रालयमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको हो।

विदेश सचिव मिस्री आइतबार नेपाल आएका थिए।

उनले सोमबार नै उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलसँग भेटवार्ता गरेका थिए।

विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरिसकेका छन्।

विदेश सचिव मिस्री सोमबार स्वदेश फर्किने कार्यक्रम छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका