डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सेयर बजारमा दैनिक रेकर्ड ब्रेक

सेयर बजारमा दैनिक रेकर्ड ब्रेक

सेयर बजारमा दैनिक रेकर्ड ब्रेक

२८ साउन, काठमाडौं । पछिल्लाे समय नेपाली सेयर बजारमा देखिएकाे उत्साहसँगै उच्च परिमाणको कारोबारको रेकर्ड ब्रेक भएको छ । आइतबार ४० अंकले सूचक बढेको बजारमा २५ अर्ब ९३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त रेकर्ड २४ घण्टा नबित्दै ब्रेक हुन पुगेको हो ।

सोमबार हालसम्मकै उच्च २७ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको ६ करोड ४८ लाख ७६ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

उच्च कारोबार हुने गरी सेयर बजारमा आएको उल्लासमय दिनमा नेप्से सूचक समेत ७०.८१ अंकले बढ्दै २९ सय ३१.६५ विन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यो कोभिड–१९ पछिकै उच्च विन्दु हो ।

सोमबार १७१ कम्पनीको सेयर मूल्य बढ्दा जम्मा ६८ कम्पनीको मात्र मूल्य घटेको छ । सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको १ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने शिभम् सिमेन्टको ९२ करोड २८ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

सोमबार सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रसुवागढी हाइड्रोपावर कम्पनी, स्वीट गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनसहित दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्न पुगेको छ भने दुई दर्जनमाथि कम्पनीहरूको सेयर मूल्य ६ प्रतिशत माथिले बढेको छ ।

इन्भेष्टमेन्ट र म्यानु एण्ड प्रो दुईवटा उपसूचक बाहेक सोमबार बाँकी ११ वटा उपसूचक धनात्मक भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका