डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरकाे जहाज भैरहवा डाइभर्ट

पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरकाे जहाज भैरहवा डाइभर्ट

पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरकाे जहाज भैरहवा डाइभर्ट

५ भदौ,पोखरा। प्रतिकुल मौसमका कारण पोखरा काठमाडौ उडान प्रभावित बनेकाे छ । बुधबार पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरकाे जहाज भैरहवा डाइभर्ट गरिएको छ । उक्त जहाजमा ७२ जना यात्रु सवार थिए ।

आज बिहान ७ बजेर २५ मिनेटमा उड्ने तालिका रहेकाे बुद्ध एयरकाे जहाज ९ बजेर १५ मिनेटमा मात्र उडेकाे थियाे । वुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ को जहाज काठमाडौंका लागि उड्नुपर्ने थियाे तर माैसम खराब भएका कारण भैरहवा ल्याण्ड गरिएकाे हाे ।

काठमाडौंमा गएराती देखि नै परेकाे पानीले उडान पनि प्रभावित बनेकाे हाे । साेहि कारण भिजिबिलिटी कम भएकाे भन्दै उक्त जहाज २० मिनेट जसाे आकाशमा नै घुमिरहेकाे थियाे । त्यसपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौं अवतरण नभएपछि भैरहवा डाइभर्ट गरेर १०ः२० मा भैरहवामा ल्याण्ड भएको पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका