डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • घट्यो पेट्रोल, डिजल र मट्टीतेलको भाउ

घट्यो पेट्रोल, डिजल र मट्टीतेलको भाउ

घट्यो पेट्रोल, डिजल र मट्टीतेलको भाउ

३१ भदौ,  । नेपाल आयल निगमले आइतबार मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ ।

आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टीतेल तथा डिजलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।

मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ र डिजल तथा मट्टीतेल प्रतिलिटर १४६ कायम भएको छ भने  सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य लिटरको १५८ रुपैयाँ र डिजल तथा मट्टीतेल १४८ रुपैयाँ पर्नेछ । त्यस्तै काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४९ कायम भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका