डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१

रक्तदान कार्यक्रम सम्पन्न

रक्तदान कार्यक्रम सम्पन्न

पोखरा । लायन्स कल्ब अफ पोखरा डेस्टिनेशन,मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर,हाम्रो गन्तब्य बहुउदेश्यीय सहकारी सँस्था र लियो क्लब अफ पोखरा डेस्टिनेसनले आयोजन गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान नै जिबनदान भन्ने नाराका साथ मेडि प्लस हस्पिटल महेन्दपुलको प्राङ्गण मा  रक्तदान कार्यक्रम गरिएको हो ।

लायन्स कल्ब पोखरा डेस्टिनेशन पोखराका अध्यक्ष ला. सन्तोष तिमिल्सिनाको अध्यक्षता तथा गण्डकी प्रदेश सभा सदस्य प्रकास बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थयो। उक्त कार्यक्रममा क्लबका पुर्ब अध्यक्षहरु लक्ष्मण तिमिल्सिना,डा.अमर नागिला,राम प्रसाद तिमिल्सिनाको उपस्थिति रहेको थियो।

त्यस्तै गण्डकी प्रदेश सभा सदस्य प्रकास बराल सहित ४० जनाले रक्तदान गरेको उक्त  कार्यक्रमका संयोजक डा.सरोज पोखरेलले जानाकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका