डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • नवनियुक्त प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ

नवनियुक्त प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ

नवनियुक्त प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ

३१ भदौ, पोखरा । गण्डकी प्रदेशमा प्रेस रजिष्ट्रार नियुक्त विमला भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । उनले सोमबार नै पदभार ग्रहण गरेकी छन् ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष भण्डारीलाई गण्डकी प्रदेशको पहिलो प्रेस रजिस्ट्रार नियुक्त गरेको हो । उनले महासंघ कास्कीमा भने कार्यवाहक दिइसकेकी छन् ।

प्रेस रजिष्टार नियुक्तिका लागि सरकारले गत १६ साउनमा १५ दिनको म्याद दिएर सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेकोमा ५ जनाले दरखास्त दिएका थिए ।

आर्थिक मामिला मन्त्री एवं सरकारका प्रवक्ता डा. टकराज गुरुङको संयोजकत्वमा गठित ३ सदस्यीय छनोट समितिले उम्मेदवारको कार्ययोजना प्रस्तुति र अन्तर्वार्ता लिइसकेपछि छनोटका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । छनोट समिति सदस्यको विज्ञ सदस्यको रुपमा पत्रकार रवीन्द्र बास्तोला र सदस्यसचिव समेत रहेका मुख्यमन्त्री कार्यालयका सचिव केशवराज ढकाल थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका