डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • गण्डकी बहुप्राविधिक शिक्षालयको अभिमुखीकरण कार्यक्रम सम्पन्न

गण्डकी बहुप्राविधिक शिक्षालयको अभिमुखीकरण कार्यक्रम सम्पन्न

गण्डकी बहुप्राविधिक शिक्षालयको अभिमुखीकरण कार्यक्रम सम्पन्न

पोखरा,१ असोज ।व्यवहारिक शिक्षा र रोजगारमुखि सिप प्रवद्धनका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्‌को साझेदारीमा पोखरा महानगरपालिकाद्धारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा शैक्षिक वर्ष २०८१/०८२ का लागी भर्ना भएका डिप्लोमा इन फार्मेसी, सामान्य चिकित्सा र डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग विषयहरुको प्रथम सेमेस्टर/बर्षमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

अभिमुखिकरण कार्यक्रममा शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले प्राविधिक शिक्षाको महत्वलाई जोड दिँदै शिक्षाको विकासमा सामूहिक सक्रियता आवश्यक पर्ने भएकाले सबैको साथ र सहयोग लिएर शिक्षालयलाई गण्डकी प्रदेशकै प्राविधिक शिक्षाको गन्तव्यको रूपमा विकास गर्नेतर्फ शिक्षालयको सिङ्गो समूह अगाडी बढेको समेत बताउनुभएको थियो ।

कार्यक्रममा प्रेरक वक्ता, पोखरा विश्वविद्यालयका उप-प्राध्यापक श्री पुष्पराज कोइरालाले विद्यार्थीहरुलाई कसरी पढ्ने ? पढेको कुरालाई दिर्घकालीन कसरी बनाउने ? भन्ने विषयमा अभिमुखीकरण सत्र सञ्चालन गरेका थिए भने कार्यक्रमको सञ्चालन गण्डकी बहुप्राविधिक शिक्षालयका वरिष्ठ प्रशिक्षक सरोज अधिकारीले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका