पुस १८ । नेपाली बजारमा डलरको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। यस अघि हिजो अर्थात बुधबार पनि डलरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३७ रुपैयाँ ३४ पैसा र खरिददर १३६ रुपैयाँ ७४ पैसा रहेको छ। यो डलरको हालसम्मको उच्च मूल्य हो। यस अघि हिजो डलरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो। हिजो डलरको बिक्रीदर १३७ रुपैयाँ २९ पैसा रहेको र खरिददर १३६ रुपैयाँ ६९ पैसा थियो। अघिल्लो दिनको तुलनामा यस दिन डलरको मूल्य ५ पैसा बढेको हो।